काठमाडौं । काठमाडौं महानगरपालिका नगर प्रहरी प्रमुख एसएसपी राजु पाण्डे छ महिनाको लागि निलम्बनमा परेका छन्। महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई निलम्बन गरेका हुन्।

गत चैत २१ गते प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यालय प्रवेशमा अवरोध गरिएको घटनामा संलग्न रहेको आरोपमा पाण्डेलाई प्रारम्भिक छानबिनका लागि निलम्बन गरिएको हो। घटनापछि गुरागाईंले पाण्डेसँग स्पष्टीकरण मागेका थिए। तर, प्राप्त स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उनलाई महानगर प्रहरी बल सम्बन्धी ऐनअनुसार छ महिनासम्मका लागि निलम्बन गरिएको जनाइएको छ।

advertisement

प्रशासकीय अधिकृत गुरागाईंले मेयर बालेन शाह, उपमेयर सुनिता डंगोललगायत सम्बन्धित पक्षलाई जानकारी दिँदै छानबिन नसकिन्जेल पाण्डेलाई पदमुक्त गरिएको उल्लेख गरेका छन्।

उक्त घटनाका क्रममा एसएसपी पाण्डेले कार्यालय प्रवेशमा बल प्रयोग गरेका थिए भने उपमेयर तथा केही वडाध्यक्षहरूसँग समेत भनाभन भएको थियो। यस घटनाले काठमाडौं महानगरको आन्तरिक प्रशासनमा गम्भीर विवाद सिर्जना गरेको छ।

प्रकाशित मिति: २० जेष्ठ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com