काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले काठमाडौं उपत्यकामा नेवा र ताम्सालिङ समुदायलाई केन्द्रमा राखेर आजदेखि “जागरण अभियान” सुरु गरेको छ।

उक्त अभियानको औपचारिक उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरे। कार्यक्रममा सहभागी भएका अध्यक्ष प्रचण्डले यसपटकको सम्बोधन पहिलाभन्दा केही फरक शैलीमा सुरु गरे।

advertisement

उनीले अभियानको सुरुवाती कार्यक्रममै भाषणको मात्रा अत्यधिक भएको भन्दै यस्तो शैलीले जनजागरणको उद्देश्य पूरा नहुने चेतावनी दिए।

“कार्यक्रममा भाषण अलिकति धेरै भयो जस्तो लाग्यो। यसरी धेरै बोलेर मानिसलाई थकाइदिने र वाक्क बनाउने खालको अभियान हुँदैन,” प्रचण्डले भने, “भाषण गर्‍या छ, फेरि भाषण गर्‍या छ, यस्ता कुरा अब अन्त नगर्नुहोस्। अभियानको मूल उद्देश्य जनतासँग संवाद गर्नु हो। छोटो, मिठो र जनताको आवाज सुन्ने ढंगले कार्यक्रम अगाडि बढाउनु उपयुक्त हुन्छ।”

उनको यस्तो भनाइसँगै हलमा उपस्थित कार्यकर्ताहरू उत्साहित हुँदै हुटिङ र तालीमा सहभागी भएका थिए।

अध्यक्ष प्रचण्डले अबका अभियानहरूमा नेताहरुले कम बोलेर जनताका पीडा, आवाज र भावना सुन्ने प्रवृत्ति बढाउनु पर्नेमा जोड दिए।

प्रकाशित मिति: २० जेष्ठ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com