काठमाडौं । राइड शेयरिङ नियमावली कार्यान्वयनको निर्णयबाट गण्डकी प्रदेश सरकार तत्काललाई पछि हटेसँगै यातायात व्यवसायीले गर्दै आएको आन्दोलन पनि स्थगित भएको छ ।

संघीय सरकारको हस्तक्षेपपछि राइड शेयरिङ नियमावली एक महिनालाई स्थगित गर्न गण्डकी प्रदेश सरकार तयार भएको हो ।

advertisement

सार्वजनिक यातायात बचाऊ केन्द्रीय आन्दोलन परिचालन कमिटीका संयोजक एवम् नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले आन्दोलनका सबै कार्यक्रम स्थगित भएको बताए ।

आजदेखि सार्वजनिक यातायात सञ्चालन भएको सिटौलाको भनाइ छ । उहाँका अनुसार थप विवरण आज पत्रकार सम्मेलनमार्फत जानकारी गराइने छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको पत्रपछि गण्डकी सरकारद्वारा एक महिनालाई नियमावली स्थगित गरेको हो ।

यो एक महिनामा व्यवसायीसँग वार्तामा बसेर छलफल गर्ने र नियमावली कार्यन्वयनको वातावरण बनाउने बताइएको छ । नियमावली फिर्ता नहुने पनि गण्डकी प्रदेश सरकारले जनाएको छ । राइड शेयरिङ नियमावलीसँगै व्यवसायीहरुले सरकारसँग विभिन्न ६ बुँदामा सहमति गरेका थिए ।

 

प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com