काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका ७ का वडा अध्यक्ष अशोककुमार गौतम पुलको सामग्री चोरी गरी बेचबिखनमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् ।

गत २०८१ साल असोज १० देखि १३ गतेसम्मको अविरल वर्षापछि रोशी खोलामा आएको बाढीले थानसिङ बेंसीस्थित फलामको पक्की पुल बगाएको थियो । उक्त पुलका बाँकी रहेका फलामका सामग्रीहरू कबाडी व्यवसायीमार्फत बिक्री गरिएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेले गौतमलाई पक्राउ गरेको हो ।

advertisement

प्रहरी अनुसन्धान अनुसार, गौतमले छिमेकी नमोबुद्ध नगरपालिका(६ का वडाध्यक्ष टीकाबहादुर केसीसँग मिलेर पुलका बाँकी सामानहरू आधा(आधा बाँड्ने सहमतिमा कबाडीलाई बिक्री गरेका थिए । सोही आरोपमा गौतमलाई सोमबार पक्राउ गरी आज अदालतबाट चार दिनको म्याद लिई अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसअघि प्रहरी टोलीले चोरी भएको भनिएको सामग्री बा५ख ४६२६ र बा२ख ४००१ नम्बरका दुई वटा टिपरमा लोड गरिएको अवस्थामा फेला पारेर चार जनालाई नियन्त्रणमा लिएको थियो । गौतम पक्राउ परेसँगै पक्राउ पर्नेको संग्ख्या ५ पुग्यो ।

गौतम २०७९ स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् ।

 

प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com