काठमाडौं । आइसिसी विश्वकप लिग टु मा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दै छ। स्कटल्याण्ड, नेदरल्याण्ड्स र नेपाल सम्मिलित लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज आफ्नो दोस्रो खेल नेदरल्याण्ड्ससँग खेल्न लागेको हो।
स्कटल्याण्डको फोर्टहिल डुन्डीमा खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजेदेखि सुरू हुनेछ। नेपालले सिरिजको पहिलो खेलमा स्कटल्याण्डविरूद्ध रोमाञ्चक जित निकालेको थियो। करण केसी नायक बनेको उक्त खेलमा नेपालले एक विकेटको जित निकालेको थियो।
नेदरल्याण्ड्सविरूद्धको पछिल्लो पाँच खेलमा नेपालले दुई जित र तीन हार ब्यहोरेको छ। स्कटल्याण्डलाई हराएसँगै नेपाल ८ अंक बनाउँदै अंक तालिकामा पुछारबाट एक स्थान माथि उक्लिएको छ। युएईको ६ अंक छ। २० खेल खेलिसकेको अमेरिका २८ अंक जोडेर शीर्षस्थानमा छ। २६ अंक जोडेको नेदरल्याण्ड्स दोस्रो र ओमान २४ अंकसहित तेस्रो स्थानमा छ।
चौथो स्थानको स्कटल्याण्डले २० अंक जोडेको छ। समान अंकसहित क्यानडा पाँचौं स्थानमा छ। नामिबिया १४ अंकका साथ छैटौं स्थानमा छ। लिग(२ मा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक सिरिज खेलेपछि यिनै टोलीसँग टी २० सिरिज पनि खेल्नेछ।
नेपाली टोलीः रोहित पौडेल, दीपेन्द्र सिंह ऐरि, आसिफ सेख, कुशल भुर्तेल, अनिल साह, आरिफ सेख, भीम सार्की, बसिर अहमद, गुलशन झा, ललित नारायण राजवंशी, सन्दीप लामिछाने, सोमपाल कामी, नन्दन यादव, कारण केसी, रिजन ढकाल।
प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार












प्रतिक्रिया