एजेन्सी । सुडानमा सन् २०२३ देखि जारी सशस्त्र द्वन्द्वका कारण हालसम्म चार लाखभन्दा बढी नागरिकले देश छाडिसकेका संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जानकारी गराएको छ । उक्त सङ्ख्यालाई संस्थाले ‘विनाशकारी मोड’ को रूपमा उल्लेख गरेको छ ।

संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकाय  युएनएचसीआर  का अनुसार, यदि द्वन्द्व यथावत् रह्यो भने नागरिकहरूको पलायन अझै तीव्र हुने सम्भावना छ, जसले क्षेत्रीय र अन्तर्राष्ट्रिय स्थायित्वमा गम्भीर असर पार्न सक्छ ।

advertisement

सुडानको नियमित सेना र अर्धसैनिक ‘तीव्र सहायता बल’ ९आरएसएफ० बिच सन् २०२३ को वैशाखदेखि सत्ताका लागि हिंसात्मक संघर्ष जारी छ । यो युद्धले हजारौं नागरिकको ज्यान लिएको छ र यो अहिले विश्वकै सबैभन्दा ठुलो भोकमरी तथा विस्थापन संकटको रूपमा विकसित भएको छ ।

शरणार्थी निकायकी प्रवक्ता यूजिन ब्युनेले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो,“सुडानमा युद्ध सुरु भएदेखि अहिले तेस्रो वर्ष चलिरहेकाबेला चार लाखभन्दा बढी नागरिक छिमेकी मुलुकहरूतर्फ पलायन भइसकेका छन् । यो अवस्था अत्यन्तै दुःखद र चिन्ताजनक हो ।”

उहाँले थप भन्नुभयो,“यदि यो द्वन्द्व रोकिएन भने, अझै हजारौं व्यक्तिहरू विस्थापित हुनेछन्, जसले समग्र क्षेत्रीय शान्ति र सुरक्षा अस्थिर बनाउन सक्छ ।”

संस्थाले हालसम्मको तथ्याङ्क सार्वजनिक गर्दै सोमबारसम्म चालिस लाख तीन हजार ३८५ जनाले सुडान छाडिसकेको जानकारी दिएको छ । तीमध्ये १५ लाखले इजिप्ट, ११ लाखभन्दा बढीले दक्षिण सुडान ९जसमा आठ लाखजति पहिल्यै सुडानमा शरणार्थी थिए० र आठ लाख ५० हजारले चाड पुगेका छन् ।

पूर्वी चाडमा मानवीय अवस्था झनै गम्भीर बन्दै गएको युएनएचसीआरले जनाएको छ । चाडले द्वन्द्वपूर्व नै चार लाखभन्दा बढी सुडानी शरणार्थीको संरक्षण गरिरहेकोमा हाल यो सङ्ख्या १२ लाख नाघिसकेको छ, जसले चाड सरकारको क्षमता नै संकटमा पारेको बताइएको छ ।

प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com