काठमाडौं । देशकै गौरवको कारखानाका रूपमा रहेको नवलपरासीपूर्वको गैँडाकोटमा अवस्थित भृकुटी कागज कारखाना लिमिटेडका मजदुरले कारखाना बन्द हुनुभन्दा अघिको तलब भत्ता पाउने भएका छन् ।
१४ वर्षदेखि बन्द भृकुुटी कागज कारखाना अहिले खण्डहरमा परिणत भइसकेको छ भने यसमा रहेका मेसिन कुहिएर गइसकेका छन् । यहाँ कार्यरत मजदुरले कारखाना बन्द हुनुअघिको तलब भत्ता पनि नपाएकाले अब भने सो तलब भत्ता दिन कारखाना व्यवस्थापन सहमत भएकाले यही असार मसान्तसम्म रकम पाउने गरी मजदुर सहमत भएको नेपाल टे«ड युनियन कांग्रेसका केन्द्रीय उपाध्यक्ष ललित श्रेष्ठले बताए ।
यहाँ कार्यरत मजदुरले कारखानासँग ३२ करोड रुपियाँ तलबबापतको भुक्तानी पाउने गरी कारखाना व्यवस्थापन र मजदुरबिच सहमति भएको उपाध्यक्ष श्रेष्ठले जानकारी दिए । उक्त कारखाना १४ वर्षदेखि पूर्ण रूपमा बन्द रहेको छ । यस कारखाना चिनियाँ सरकारको सहयोगमा नेपाल सरकारले सुरुमा सञ्चालन गर्दै आएको तर बिचमा सरकारले गोल्छा अर्गनाइजेसनलाई बिक्री गरी निजीकरण गरिएको थियो ।
कारखानामा कार्यरत मजदुरको तलब भत्ता दिलाउन ट्रेड युनियनले बेला बेलामा सङ्घर्ष गर्दै आएका र अहिले पेपर मिलका प्रतिनिधि रमेशकुमार दाहाल र आधिकारिक ट्रेड युनियनका मजदुर प्रतिनिधिले सम्झौतामा हस्ताक्षर गरी तलब भत्ता दिन कारखाना व्यवस्थापन पक्ष सहमत भएको पेपर मिलका प्रतिनिधि रमेशकुमार दाहाल बताउँछन् ।
प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार












प्रतिक्रिया