काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मानवताभन्दा माथि कुनै जात नहुने बताएका छन्। जातीय छुवाछूत उन्मूलन दिवसको अवसरमा आज शुभकामना दिँदै उनले समभाव र समानताको विकास गर्नुपर्नेमा जोड दिएका छन्।

एमाले अध्यक्षसमेत रहेका ओलीले जात, थर, वा जन्मले नभई कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनुपर्ने उल्लेख गरे।

advertisement

‘आमाले जात जन्माउँदिनन्, नवजात मानव जन्माउँछिन्। नवजात शिशु हिँड्न थालेपछि समाजले जात र थर सोध्न थाल्यो। मानवता भन्दा माथि कुनै जात छैन ।’ ओलीले सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै भनेका छन्, ‘रगत सबैको एउटै रङको हुन्छ, आँसु सबैको उस्तै वेदनाले बग्छ। हामीले जात, थर, वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छ। समभाव र समानताको विकास गरौं, जातीय छुवाछूत उन्मूलन दिवसको सबैलाई शुभकामना।’

प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com