काठमाडौं । राजधानीको तीनकुनेमा भएको घटनासम्बन्धी मुद्दामा संलग्न प्रतिवादीहरूको बयान सकिएको छ। बयान प्रक्रिया पूरा भएसँगै बुधबारदेखि काठमाडौं जिल्ला अदालतमा न्यायाधीश ध्रुबराज कार्कीको इजलासमा थुनछेक बहस सुरु भएको हो।

राज्यविरुद्धको अपराध अन्तर्गत अभियोग लागेका ५० जना प्रतिवादीमध्ये हाल ३९ जना थुनामा रहेका छन्। थुनछेक बहस सम्पन्न भएपछि अदालतले मुख्य अभियुक्त चंद्रकान्त (सीके) र प्रसाईंसहित अन्य प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा रिहा गर्ने भन्नेबारे निर्णय सुनाउनेछ।

advertisement

त्यस्तै, भाटभटेनी लुटकाण्डमा संलग्न ११ जनामाथि पनि अदालतले आदेश सुनाइसकेको छ। उक्त मुद्दाको थुनछेक बहस न्यायाधीश पदमराज पाण्डेको इजलासमा भएको थियो। सरकारी वकिलले उनीहरूविरुद्ध आपराधिक उपद्रव अन्तर्गत अभियोग दर्ता गरेको थियो। बहसपछि अदालतले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com