काठमाडौं । प्रतिनिधि सभाको बैठक अगाडि दलहरू आन्तरिक छलफलमा जुटेका छन् । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । त्यस अगाडि दलहरू सदनको अवरोधको विषयमा आन्तरिक छलफलमा जुटेका हुन् । सत्तापक्ष भिजिट भिसाबारे उठेको प्रश्नमा गृहमन्त्रीले संसदमा जवाफ दिन पाउनुपर्ने मागमा छ ।

विपक्षी दलहरू गृहमन्त्रीको राजीनामाको मागमा लचक भएका छन् । तर, छानबिन समिति वा आयोग बनाउनुपर्ने उनीहरूको सर्त छ । भिजिट भिसामा विदेश जानेसँग अपारदर्शी रुपमा पैसा लिने गरेको र यस्तो कार्यमा गृहमन्त्रालयकै अधिकारीहरूको संलग्नता रहेको आरोप लाग्दै आएको छ । विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकमाथि नै नैतिक प्रश्न उठाएका छन् ।

advertisement

यो विषयमा कुरा नमिल्दा प्रतिनिधि सभाको बैठकमा निरन्तर अवरोध भइराखेको छ । प्रतिनिधि सभाको बैठकमा अवरोध हुँदा बजेटमाथिको छलफल प्रभावित भएको छ । विपक्षी दलहरू भिजिट भिसाका नाममा अनियमितता भइराखेको सरकारले स्वीकार गरेर छानबिनका लागि तयार भए सदनको अवरोध खुल्ने बताइरहेका छन् ।

तर, सत्तापक्ष गृहमन्त्रीले आफूमाथि उठेका प्रश्नमा जवाफ दिएपछि मात्रै छानबिन गर्ने वा नगर्ने भन्ने विषयमा छलफल हुन सक्ने तर्क गरिरहेका छन् । यी दुई थरी मतका बीचमा मिलन बिन्दु के हुन सक्छ भनेर दलहरू आन्तरिक छलफलमा रहेका हुन् ।

प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com