काठमाडौँ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले भिजिट भिसा प्रकरणका सन्दर्भमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने अवस्था नरहेको बताएका छन्।
बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले गृहमन्त्री लेखकविरुद्ध ठोस प्रमाण नआएको र छानबिन प्रक्रिया पनि सुरु नभएकाले राजीनामा दिन आवश्यक नपर्ने धारणा राखेका हुन । उनले विपक्षी दलहरूले उठाएका प्रश्नहरूको जवाफ दिन गृहमन्त्रीले संसदमा अवसर पाउनुपर्ने बताएका छन । दलहरूबीच निरन्तर छलफल चलिरहेको उल्लेख गर्दै उनले समस्या चाँडै समाधान हुने विश्वास पनि व्यक्त गरे थिए।
त्यस्तै, उनले प्रेस काउन्सिललाई समावेशी बनाउने सरकारको प्रतिबद्धता दोहोर्याउँदै, विभिन्न कारणले हाल त्यसमा ढिलाइ भएको स्वीकार गरे।
जेठ १९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै मन्त्री गुरुङले नेपाली सेनातर्फ एकजना प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गर्ने र दश जना महासेनानीहरूको सरुवा गर्ने निर्णय भएको जानकारी दिए। साथै, एक जना महासेनानीको राजीनामा स्वीकृत गरिएको पनि उनले उल्लेख गरे।
यसैबीच, जेठ २८ देखि ३० गतेसम्म चीनमा हुने एक सम्मेलनमा ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनलाई सहभागी हुन स्वीकृति प्रदान गरिएको बताए हुन ।
त्यस्तै, असार ३ गते अस्ट्रियाको भियनामा आयोजना हुने ओपेक विकास कोषमा अर्थ मन्त्रालयका सचिवलाई सहभागी हुन स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको प्रवक्ता गुरुङले जानकारी दिए।
प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार













प्रतिक्रिया