काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका–१४ स्थित ठैबमा सडक विस्तारका क्रममा बिजुलीको पोल ढल्दा एक व्यक्तिको ज्यान गएको छ।

ठैबबाट सानागाउँतर्फ जाने सडक निर्माणका क्रममा जेसीबीले पोल सार्ने क्रममा ५८ वर्षीय रमेश खड्गीको मृत्यु भएको हो। खड्गी सोही स्थानका स्थायी बासिन्दा हुन्।

advertisement

घटनापछि आक्रोशित स्थानीयबासीले टायर बालेर प्रदर्शन गरेका छन्। साथै, सातदोबाटो–गोदावरी सडकखण्डको ठैब क्षेत्र पूर्ण रूपमा अवरुद्ध गरिएको जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसपी चक्रराज जोशीले जानकारी दिए।

एसपी जोशीका अनुसार घटनासँग सम्बन्धित जेसीबी चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइनेछ।

प्रदर्शनका कारण सडक आवागमन अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको जनाएको छ।

प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com