काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले पार्टीका सांसदहरूसँग खटाइएको निजी सुरक्षा अधिकृत (पीएसओ) हटाइएको विषयमा सभामुखको ध्यानाकर्षण गराएको छ।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सभामुखसँग भेट गर्दै सांसद तथा प्रमुख सचेतकको जिम्मेवारी सम्हालेका व्यक्तिको सुरक्षामा खटिएका पीएसओ हटाइनु अस्वाभाविक रहेको भन्दै आपत्ति जनाए।

advertisement

सभामुखसँगको भेटका क्रममा शाहीले राप्रपाका अर्का सांसद दिपकबहादुर सिंहलाई कुनै पक्राउ पुर्जी जारी नगरी गैरकानुनी रूपमा पक्राउ गरिएको विषयमा पनि गम्भीर चासो व्यक्त गरे।

शाहीले संसदमा छलफलमा बोल्न नदिएको र राप्रपाप्रति विभेद गरिएको गुनासोसमेत सभामुखसमक्ष राखे। भेटमा सांसद बुद्धिमान तामाङ, ज्ञानेन्द्र शाही र दिपक सिंह सहभागी थिए। उनीहरूले पार्टीप्रति हुँदै आएको व्यवहारप्रति असन्तुष्टि जनाउँदै निष्पक्षता कायम गर्न सभामुखसँग आग्रह गरे।

प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com