काठमाडौं । सर्वोच्च अदालतले पूर्वसभामुख अग्नि सापकोटाविरुद्ध परेको ज्यान सम्बन्धी उजुरीमा अनुसन्धान अघि बढाउन आदेश दिएको छ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, डा. मनोजकुमार शर्मा र डा. कुमार चुडालको संयुक्त इजलासले सापकोटाविरुद्ध दर्ता गरिएको उजुरी तामेलीमा राख्ने प्रहरीको निर्णय खारेज गर्दै पुनः अनुसन्धान गर्न निर्देशन दिएको हो।

advertisement

अदालतको आधिकारिक वेबसाइटमा ‘उत्प्रेषण जारी’ उल्लेख भए पनि विस्तृत आदेश भने सार्वजनिक गरिएको छैन।

सापकोटाविरुद्ध काभ्रेपलाञ्चोककी पूर्णिमाया लामाले आफ्ना पति अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप लगाउँदै किटानी जाहेरी दिएकी थिइन्। सो जाहेरी जिल्ला प्रहरी कार्यालय, काभ्रेले तामेलीमा राख्ने निर्णय गरेको थियो, जसको विरुद्धमा सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको थियो।

अब सर्वोच्च अदालतको आदेशपछि जिल्ला प्रहरी कार्यालय, काभ्रेले उक्त जाहेरीमा पुनः अनुसन्धान अघि बढाउनु पर्नेछ।

प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com