काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
बिहीबार (जेठ २२ गते) विशेष अदालतमा दायर गरिएको उक्त मुद्दामा नेता नेपालले काभ्रेपलाञ्चोक जिल्लामा पतञ्जलीलाई सरकारी नियमविपरीत जग्गा हदबन्दी छुट दिने निर्णयमा संलग्न भएको आरोप लगाइएको छ।
अख्तियारका अनुसार सो निर्णयबाट राज्यलाई १८ करोड ५८ लाख रुपैयाँ बराबरको आर्थिक क्षति पुगेको छ। विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले नेता नेपालसहित संलग्न अन्य व्यक्तिहरूविरुद्ध सोही रकम बराबरको बिगो दाबी गरिएको जानकारी दिएका छन्।
अख्तियारले पतञ्जलीलाई अनुचित लाभ पुर्याउने उद्देश्यले कानुन विपरीत निर्णय गरिएको ठहर गर्दै यो प्रकरणमा उच्च तहका राजनीतिक तथा प्रशासनिक व्यक्तिहरूको संलग्नता देखिएको दाबी गरेको छ।
प्रकाशित मिति: २२ जेष्ठ २०८२, बिहिबार












प्रतिक्रिया