काठमाडौं । भिजिट भिसा प्रकरणले अवरुद्ध सदन खुलाउने सभामुख देवराज घिमिरेले निरन्तर प्रयास गरिरहेका छन्। सभामुख घिमिरे अहिले विपक्षी दललाई पर्खिरहेका छन् ।

विपक्षी बैठक अहिले माओवादी दलका नेताको कार्यकक्षमा छलफल जारी छ। गृहमन्त्री रमेश लेखकको राजीनामा, उच्चस्तरीय छानबिन आयोगको माग गर्दै विपक्षीले सदन अवरोध गर्दै आइरहेका छन् ।

advertisement

माओवादीले आज छानबिन समिति बनाउने प्रतिबद्धता आए गृहमन्त्रीलाई बोल्न दिने संकेत देखाएको छ । अहिले सभामुखसँग उपसभामुख, कानूनमन्त्री, सत्ता पक्षका प्रमुख सचेतकहरू र राप्रपा प्रमुख सचेतक छलफलमा छन् ।

प्रकाशित मिति: २२ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com