काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएपछि पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले यस घटनालाई “दुखद्” भनेका छन्।

बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि संस्थासँग सम्बन्धित जग्गा हदबन्दी छुट प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। मुद्दा दर्तासँगै नेपालको संघीय सांसद पद स्वतः निलम्बनमा परेको छ।

advertisement

घटनाप्रति प्रतिक्रिया दिँदै नेता खनालले आफूहरू घटनाको यथार्थ बुझ्ने प्रक्रियामा रहेको जनाएका छन्। “यो साँच्चै नै दुःखद् घटना हो,” खनालले भने, “सत्य के हो, त्यो हामी पहिले बुझ्छौं। यो घटनामा कति सुसंगतता छ, त्यसको पनि अध्ययन गर्छौं। त्यसपछि मात्रै पार्टीको तर्फबाट विस्तृत धारणा सार्वजनिक गर्नेछौं।”

प्रकाशित मिति: २२ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com