काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल काठमाडौं आइपुग्नेबित्तिकै कानुन व्यवसायीसँग छलफलमा जुटेका छन्।
विशेष अदालतमा नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दर्ता भएपछि उनी रौतहटको कार्यक्रम छोट्याएर काठमाडौं फर्किएका थिए। राजधानी आइपुगेपछि केही समय घरमा बसेका नेपाल पार्टी कार्यालय आलोकनगर पुगेका थिए।
पार्टी कार्यालयमा उनले वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा र गोविन्द बन्दीसँग भेटेर कानुनी प्रक्रिया र अगाडि बढ्ने बाटोबारे परामर्श लिएको स्रोतले जनाएको छ।
नेता तथा कार्यकर्तासँगको कुराकानीमा नेपालले आफू निर्दोष रहेको दाबी गर्दै कानुनी रूपमा प्रतिवाद गर्ने अडान व्यक्त गरेका छन्।
प्रकाशित मिति: २२ जेष्ठ २०८२, बिहिबार












प्रतिक्रिया