काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले हङकङलाई बराबरीमा रोकेको छ । नेपालले उत्कृष्ट प्रदर्शन गर्दै हङकङ नेसनल स्टेडियममा बिहीबार भएको खेलमा हङकङलाई गोलरहित बराबरीमा रोकेको हो ।

घरेलु मैदानमा हङकङले नेपालमाथि लगातार आक्रमण गरेपनि नेपाली कप्तान गोलकिपर किरण चेम्जोङले केही राम्रा बचाउ गर्दा गोल गर्न सकेन । पहिलो हाफमा हङकङको दुई प्रहार नेपालका किपर किरणले बचाएका थिए ।

advertisement

दोस्रो हाफमा पनि हङकङले नेपालमाथि लगातार दबाब बनाएपनि नेपालले गोल गर्न दिएन । दोस्रो हाफमा पनि नेपाली गोलकिपर किरणले केही राम्रा बचाउ गर्दा हङकङ गोल गर्नबाट बन्चित रह्यो । नेपालका मणि लामा इन्जुरी टाइममा रातो कार्डको सामना गर्दै मैदान बाहिरिएका थिए ।

नेपालले ३७ वर्षपछि हङकङसँग सिनियर स्तरमा फुटबल खेलेको हो ।

एएफसी एसियन कप छनोटको तयारस्वरुप यो मैत्रीपूर्ण खेल खेलिएको हो । नेपालले पनि खेलमा केही राम्रा अवसर बनाएपनि फिनिसिङ गर्न सकेन ।

नेपालका मुख्य प्रशिक्षक म्याट रोस र कप्तान किरण चेम्जोङले हङकङ विरुद्ध जित्नकै लागि खेल्न बताएका थिए । तर नेपालले पनि खेलमा गोल गर्न सकेन ।

आफू भन्दा वरियतामा २२ स्थान माथि रहेको हङकङलाई बराबरीमा रोक्नु पनि नेपालको लागि सकरात्मक पक्ष हो । एसियन कप छनोटमा समूह एफमा रहेको नेपालले यही जुन १० मा लाओससँग उसैको मैदानमा खेल्नेछ ।

नेपाली टोली उतैबाट लाओस जानेछ । छनोटको समूह सी मा रहेको हङकङले जुन १० मै घरेलु मैदानमा भारतसँग खेल्नेछ ।

 

प्रकाशित मिति: २२ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com