काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा राजावादीहरूले गरेको आन्दोलनको कुनै अर्थ नरहेको बताएका छन् ।

जनकपुरधामस्थित विमानस्थलमा बिहीबार पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै सभापति देउवाले भने,“राजतन्त्र कहिल्यै आउँदैन, त्यसको पक्षमा आन्दोलन गर्नु बेकार हो ।”

advertisement

वर्तमान गठबन्धनको सरकारले आफ्नो पार्टीको सहमतिअनुसार कार्य गरिरहेको उल्लेख गर्दै सभापति देउवाले अहिलेको सरकारले ल्याएको बजेटले सबै पक्षलाई समेटेको तथा सन्तुलित भएको बताए ।

कांग्रेस र एमाले सम्मिलित वर्तमान सरकार आगामी निर्वाचन २०८४ सालसम्म कायम रहने र जथाभावी हल्लाको पछाडि नलाग्न उनले सबैलाई आग्रह गरे ।

नेपाली कांग्रेसका नेता ठाकुरप्रसाद ढुगाको आज धनुषाधाममा आयोजित ६२औँ स्मृतिसभा, शालिक अनावरण र उनका बारेमा लेखिएको पुस्तकको विमोचनसहितका कार्यक्रममा सहभागी हुन सभापति देउवा जनकपुरधाम आएका हुन् ।

प्रकाशित मिति: २२ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com