काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीलाई लक्षित गर्दै भ्रष्टाचार गर्न दिन्न भनेर मात्रै भ्रष्टाचारको अन्त्य नहुने टिप्पणी गरेका छन्। प्रधानमन्त्री ओलीले सार्वजनिक रूपमा आफू पनि भ्रष्टाचार गर्दिनँ अरूलाई पनि गर्न दिन्न भन्ने अभिव्यक्ति दिँदै आएका छन्।

त्यही अभिव्यक्तिलाई लक्षित गर्दै कांग्रेस सिन्धुली काठमाडौं सम्पर्क समितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘भ्रष्टाचार अन्त्य गर्न सरकार निर्मम हुन जरुरी छ। भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न मात्रै भनेर हुँदैन। त्यो देखिनुपर्‍यो, प्रतिशोधको भावना लिएर मात्रै हुँदैन। कसैलाई गर्ने कसैलाई नगर्ने भन्ने हुँदैन। यहाँ प्रतिशोधको भावना देखिरहेको छु।’

advertisement

उनले सरकारले भ्रष्टाचारको विषयमा प्रतिशोध राखेर चलेको आरोप लगाए। उनले थपे, ‘भ्रष्टाचार अन्त्य गरेर सुशासन ल्याउन सकिँदैन। कसले रोकेको छ ? डेलिभरी दिन सकिँदैन कसले रोकेको छ ? गर्न सकिन्छ, हामी सक्छौँ भन्ने आँट कांग्रेसले राख्नुपर्छ।’

प्रकाशित मिति: २४ जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com