काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री सुदन किरातीले तीव्र आर्थिक विकासमार्फत जनताको अवस्था परिवर्तन गर्न राजनीतिक दल र नेताहरूले आफ्ना कार्यशैली सुधार्नुपर्नेमा जोड दिएका छन्।

किरातीले संविधान संशोधनभन्दा पहिले राजनीतिक सोच र व्यवहारमा सुधार आवश्यक रहेको बताए। उनले गाउँमा पूर्वाधार विस्तार भइरहेको भए पनि जनताको अपेक्षा उच्च भएकाले विकास अपूरो लागेको जनाए।

advertisement

अनियन्त्रित बसाइँसराइ रोक्न गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगार र बजार विस्तार गर्नुपर्ने बताए।

संसद् कमजोर बन्दै गएको उल्लेख गर्दै उनले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सबै प्रभावहीन देखिएको बताए। सांसदहरू नीति निर्माणभन्दा विकासप्रति मात्र सीमित भएको भन्दै असन्तुष्टि व्यक्त गरे।

शिक्षा, स्वास्थ्य, प्रहरी, निजामती लगायतका ऐन बन्न नसक्नुको कारण दलीय स्वार्थ रहेको उनले बताए। संविधान कार्यान्वयनमा चुकिएको, सहकार्यको अभाव, माओवादी-एमाले एकता भङ्ग जस्ता कारण अस्थिरता आएको पनि उनले स्पष्ट पारे।

उनले पुराना नेताले अब अभिभावकको भूमिकामा रही नयाँ पुस्तालाई जिम्मा दिनुपर्ने सुझाव दिए। शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन ढिला हुनु नहुने भन्दै उनले संक्रमणकालीन न्यायको निष्पक्ष र शीघ्र समापनको आवश्यकता औंल्याए।

प्रकाशित मिति: २४ जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com