बैतडी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टाको अवधिमा थप चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार संक्रमित सबै जना भारतबाट आएका पुरुष हुन्।

तीन जनामा कञ्चनपुरस्थित त्रिनगर नाकामा र एक जनामा बैतडीको झुलाघाट नाकामा गरिएको एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो। संक्रमितहरू कञ्चनपुर, अछाम र बझाङ जिल्लाका बासिन्दा रहेको जनाइएको छ।

advertisement

जोशीले भने, “शङ्कास्पद व्यक्तिहरूको एन्टिजेन परीक्षण गर्दा पाँच जनामा संक्रमण देखिएको छ। तीमध्ये चार जनाको पछिल्लो २४ घण्टामा पुष्टि भएको हो। सबै संक्रमितलाई होम आइसोलेसनमा बस्न आग्रह गरिएको छ।”

यसअघि पनि प्रदेशमा संक्रमणदर बढ्दो क्रममा देखिएको छ। शुक्रबार पाँच जना, बिहीबार एक जना र बुधबार तीन जनामा संक्रमण पुष्टि भएको थियो।

यही अवस्था हेर्दा संक्रमणको जोखिम उच्च हुनसक्ने देखिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागले सबै मातहतका कार्यालय, अस्पताल र प्रयोगशालालाई सतर्क रहन निर्देशन दिएको छ। संक्रमणको सम्भावित फैलावट रोक्न आवश्यक तयारी अवस्थामा रहन सबै पक्षलाई आग्रह गरिएको छ।

प्रकाशित मिति: २४ जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com