काठमाडौं ।  भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लामा आज दिउँसो एक यात्रुबाहक हेलिकोप्टरले सडकमा आपतकालीन अवतरण गरेको छ। केदारनाथ गन्तव्यका लागि उडिरहेको केस्ट्रेल एभिएसन प्रालिको उक्त हेलिकोप्टरमा पाँच जना यात्रु सवार थिए।

उडानपछि केही प्राविधिक समस्या देखिएपछि पाइलटले तत्काल निर्णय लिँदै हेलिकोप्टरलाई सुरक्षितरूपमा सडकमा अवतरण गराएका थिए। जिल्ला प्रशासनका अनुसार हेलिकोप्टरमा सवार सबै यात्रु सकुशल छन् भने पाइलटलाई सामान्य चोट लागेको छ।

advertisement

घटनापछि प्रशासनको टोली तुरुन्तै घटनास्थलमा पुगेको थियो र हेलिकोप्टरलाई सडकबाट हटाइएको बीबीसी हिन्दीले जनाएको छ।

जिल्ला पर्यटन विकास अधिकारी तथा हेली सेवा संयोजक राहुल चौबेले जानकारी दिँदै भने, “केस्ट्रेल एभिएसन प्रालिको हेलिकोप्टर बडासूस्थित बेस क्याम्पबाट केदारनाथका लागि उडेको थियो। उडानको केहीबेरमै प्राविधिक समस्या देखिएपछि पाइलटले सूझबुझका साथ नजिकको खाली सडकमा आपतकालीन अवतरण गरे।”

उनका अनुसार, हेलिकोप्टर अवतरणका क्रममा सडकमा पार्क गरिएको एउटा कारमा क्षति पुगेको छ। हेलिकोप्टरमा कुनै ठूलो क्षति नभएको र थप जाँच भइरहेको जानकारी दिइएको छ।

यस घटनाले समयमै लिइएको निर्णय र पाइलटको सुझबुझले सम्भावित ठूलो दुर्घटनाबाट बचाएको देखिएको छ।

प्रकाशित मिति: २४ जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com