मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग कुनै व्यक्तिविशेषमाथि प्रतिशोध साँध्न प्रयोग हुने संस्था नभएको स्पष्ट पारेका छन्।
मोरङको कटहरी गाउँपालिका–२, हल्दीबारीमा निर्माण गरिएको २०० शय्याको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेशनको उद्घाटनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले उक्त धारणा राखेका हुन्।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई पतञ्जली समूहको जग्गा सम्बन्धी मुद्दामा प्रतिवादी बनाएर अख्तियारले हालै विशेष अदालतमा मुद्दा दायर गरेपछि त्यसबारे प्रतिक्रिया दिँदै उनले भने, “अख्तियार प्रतिशोधको औजार होइन, यो काम गर्ने संस्था हो।”
पत्रकारले माधव नेपालविरुद्धको मुद्दा प्रतिशोधको रूपमा उठाइएको हो भन्ने आशंका व्यक्त गरेपछि प्रधानमन्त्री ओलीले त्यसलाई अस्वीकार गर्दै थपे, “कानुनी प्रक्रिया अनुसार जो कोहीप्रति पनि अनुसन्धान हुन सक्छ। तर अख्तियार कुनै राजनीतिक उद्देश्यका लागि प्रयोग गरिने संस्था होइन।”
प्रधानमन्त्री ओलीको भनाइले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिकाप्रति देखिएको विवाद र प्रश्नहरूबीच सन्देश दिने प्रयास गरिएको देखिन्छ।
प्रकाशित मिति: २४ जेष्ठ २०८२, शनिबार













प्रतिक्रिया