एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कसँगको सम्बन्ध अन्त्य भएको बताएका छन्। शनिबार एनबीसी न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले सो कुरा बताएका हुन् ।

अन्तर्वार्तामा ट्रम्पलाई जब मस्कसँगको सम्बन्ध समाप्त भएको हो भन्ने प्रश्न गरियो, उनले भने, ‘म अनुमान गर्छु, हो।’ जब उनलाई ‘के तपाईं बिग्रिएको सम्बन्ध सुधार्ने इच्छा राख्नुहुन्छ रु’ भनेर सोधियो, उनले संक्षिप्तमा भने, ‘अहँ।’

advertisement

ट्रम्प र मस्कबिचको सम्बन्ध बिग्रिएको कुरा सामाजिक सञ्जालमा सार्वजनिक विवादपछि आएको हो। टेक व्यवसायी मस्क, जसले ट्रम्पको निर्वाचन अभियानमा लाखौँ डलर दान गरेका थिए र ह्वाइट हाउसको एक सल्लाहकारसमेत बनेका थिए, ले ट्रम्पको कर र खर्चसम्बन्धी विधेयकको सार्वजनिक आलोचना गरेपछि यो विवाद त्यसपछि चर्किएको हो ।

उक्त विधेयक ट्रम्पको प्रमुख घरेलु नीतिमा पर्छ। अधिकांश रिपब्लिकन नेताहरू राष्ट्रपति ट्रम्पको पक्षमा उभिएका छन्। उपराष्ट्रपति जेडी भान्सले मस्क ‘एकदमै जङ्गी शैलीमा’ उत्रिएको बताउँदै, अब मस्कलाई पार्टीमा स्वागत नगरिने बताएका छन्। भान्सले पोडकास्टर थियो भोनसँग भने, ‘ट्रम्पको ‘बिग ब्युटिफुल बिल’ को आलोचना गर्नु मस्कको ठुलो गल्ती थियो।’

केही सातादेखि मस्कले सो विधेयकको आलोचना गर्दै आएका थिए । उनको भनाइमा यो विधेयक पारित भएमा राष्ट्रिय घाटामा खरबौं डलर थपिनेछ र सरकारी खर्च कटौती गर्ने उद्देश्यले उनले नेतृत्व गरेको विभाग, डिपार्टमेन्ट अफ गर्भनमेन्ट एफिसिएन्सी ९डज० को प्रयासलाई कमजोर पार्नेछ।

डजबाट १२९ दिनपछि बाहिरिएका मस्कले आफ्नो सामाजिक सञ्जाल एक्समा उक्त विधेयकलाई ‘घिनलाग्दो र विकृत’ भनेका थिए । तर त्यो बेला उनले ट्रम्पलाई प्रत्यक्षरूपमा आलोचना गरेका थिएनन्। तर बिहीबार ट्रम्पले पत्रकारहरूसँग भने, ‘म मस्कको व्यवहारप्रति निराश छु।’

प्रकाशित मिति: २५ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com