काठमाडौँ । अमेरिका पुगेका थप ५० जना नेपाली नागरिकलाई अमेरिकाले डिपोर्ट गरेको छ । उनीहरूलाई विशेष चार्टर्ड विमानमार्फत नेपाल फर्काइएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका एक अधिकृतका अनुसार, डिपोर्ट गरिएका नेपालीहरू आज दिउँसो करिब ४ बजे काठमाडौं आइपुग्नेछन्।

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले कडा आप्रवासन नीति लागू गरेपछि गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका र बसोबास गरिरहेका नेपालीहरू निष्कासनको प्रक्रियामा परिरहेका छन्।
यसअघि २०८१ साल फागुन महिनामा अमेरिकाको टेक्सास राज्यबाट ९ जना नेपालीलाई डिपोर्ट गरिएको थियो।

advertisement

ट्रम्प प्रशासनको पालादेखि हालसम्म डिपोर्ट गरिएका नेपालीको संख्या १ सय नाघिसकेको छ। आज फर्काइएका नेपालीहरूलाई समेत गणना गर्दा यो संख्या करिब डेढ सय पुग्ने अनुमान गरिएको छ।

अध्यागमन अधिकारीका अनुसार, डिपोर्ट भएका अधिकांश नेपाली अमेरिका जानको लागि मेक्सिको र अन्य देश हुँदै अवैध मार्ग अपनाएका थिए। अब उनीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित निकायलाई जिम्मा लगाइनेछ।

प्रकाशित मिति: २५ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com