काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विपक्षी दलहरूको बैठक आह्वान गरेका छन्। भिजिट भिसा प्रकरणका कारण संसद्को बजेट अधिवेशन प्रभावित भइरहेका बेला प्रचण्डले आज पुनः छलफलका लागि बैठक बोलाएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारका अनुसार बैठक आज मध्यान्ह १२ बजे बस्नेछ।
भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै आएको विपक्षी गठबन्धन आफ्नो अडानबाट पछि नहटेको परियारले स्पष्ट पारे। सत्ता पक्षले उच्चस्तरीय न्यायिक वा संसदीय समिति गठनको प्रस्तावसहित संसद् चलाउने संकेत दिए पनि विपक्षी पक्ष अझै कडा भूमिकामा छ।

advertisement

‘भिजिट भिसा लगायतका जटिल विषयमा गम्भीर छलफल गर्न बैठक बोलाइएको हो। हाम्रो माग स्पष्ट छ— गृहमन्त्रीले राजीनामा दिनुपर्छ। यो मागबाट पछि हट्ने स्थिति छैन, परियारले भने।

यसबीच, प्रमुख प्रतिपक्ष माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) भने गृहमन्त्रीलाई सदनमा बोल्न दिने विषयमा केही लचिलो देखिएका छन्।
भिजिट भिसा प्रकरण सार्वजनिक भएपछि जेठ १३ गतेदेखि संघीय संसद् अवरुद्ध हुँदै आएको छ, जसले बजेट अधिवेशन सञ्चालनमा अवरोध पुर्‍याएको छ।

प्रकाशित मिति: २५ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com