काठमाडौं। भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको माग गर्दै संसद् अवरुद्ध गर्दै आएका विपक्षी दलहरूले संसद् भवनमै बैठक थालेका छन्।
विपक्षी गठबन्धनको यो बैठक संसद् भवनस्थित नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा जारी छ। बैठकमा संसद् अवरोध हटाउने सम्भावनाबारे पनि छलफल भइरहेको जनाइएको छ।
सभामुख देवराज घिमिरेले पटक–पटक संसद् सञ्चालनको पहल गर्दै आए पनि विपक्षीको लगातारको अवरोधका कारण बैठक अगाडि बढ्न सकेको छैन।
आज दिउँसो १ बजेका लागि सभामुखले बोलाएको प्रतिनिधि सभा बैठक अझै अनिश्चित बनेको छ। यसैबीच, शीर्ष नेताहरूबीच संसद् पुनः सञ्चालन गराउने प्रयासस्वरूप अनौपचारिक संवाद चलिरहेको बताइएको छ।
प्रकाशित मिति: २५ जेष्ठ २०८२, आइतबार













प्रतिक्रिया