काठमाडौं ।  दक्षिण अमेरिकी मुलुक कोलम्बियामा राष्ट्रपति पदका उम्मेदवार मिगुएल उरिबे टर्बेमाथि गोली प्रहार भएको छ। राजधानी बोगोटामा एक चुनावी कार्यक्रममा सम्बोधन गरिरहेका बेला ३९ वर्षीय टर्बेमाथि एक व्यक्तिले गोली चलाएका हुन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार टर्बेमाथि तीन राउण्ड गोली प्रहार गरिएको थियो, जसमध्ये दुई गोली उनको टाउकोमा लागेको बताइएको छ। गम्भीर घाइते टर्बे अहिले आईसीयूमा उपचाररत छन्। परिवारका सदस्यहरूले सबैलाई उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्न अनुरोध गरेका छन्।

advertisement

स्थानीय मिडियाका अनुसार घटनास्थलबाट १५ वर्षीय एक किशोरलाई पक्राउ गरिएको छ। टर्बेको पार्टी सेन्ट्रो डेमोक्रेटिको ले घटनाको कडा निन्दा गर्दै यसलाई केवल एक नेतामाथिको आक्रमण नभई कोलम्बियाको लोकतन्त्र र स्वतन्त्रतामाथिको चुनौती भएको जनाएको छ।

कोलम्बिया सरकारले पनि आक्रमणको निन्दा गर्दै यसलाई लोकतान्त्रिक मूल्य र प्रणालीप्रति भएको गम्भीर हमला भनेको छ।

सिनेटरसमेत रहेका टर्बे सन् २०२६ को मे महिनामा हुने राष्ट्रपति निर्वाचनका लागि बलियो प्रतिस्पर्धी मानिएका छन्।

प्रकाशित मिति: २५ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com