दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-१३ बखरियास्थित तुलसीपुर-अमलिया सडकखण्डमा यात्रुवाहक बस र विद्यालयको बस एकआपसमा ठोक्किँदा दुःखद दुर्घटना भएको छ। दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।
आज बिहान करिब ११ बजेतिर गोल्टाकुरीबाट तुलसीपुरतर्फ आउँदै गरेको ना ४ ख ४००९ नम्बरको यात्रुवाहक बस र तुलसीपुरबाट बखरियातर्फ गई विद्यार्थीलाई झारेर फर्किंदै गरेको रा १ क ८७० नम्बरको विद्यालय बस आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार गम्भीर घाइते भएका दंगीशरण गाउँपालिका-२ की ४२ वर्षीया शान्ता खड्का चौधरी र तुलसीपुर उपमहानगरपालिका-४ का ६० वर्षीय नारायण भण्डारीको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा अन्य २५ जना यात्रु तथा विद्यालय बसमा सवार व्यक्तिहरू घाइते भएका छन्। उनीहरूको विवरण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ।
प्रकाशित मिति: २५ जेष्ठ २०८२, आइतबार













प्रतिक्रिया