काठमाडौं । आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक सरेको छ। बैठक दिउँसो सभा तीनमा बस्ने सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ।
अहिले थप रणनीति बनाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विपक्षी दलको बैठक राखिरहेका छन् ।
माओवादी प्रमुख सचेतक हितराज पाण्डेले विपक्षीको बैठक सकिएपछि निर्णय लिएर आउने सभामुखलाई जानकारी गराएका छन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा एवं छानबिन समितिको माग राख्दै विपक्षी दलले सदन अवरुद्ध गरिरहेका छन् ।
प्रकाशित मिति: २५ जेष्ठ २०८२, आइतबार












प्रतिक्रिया