काठमाडौँ । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार पनि नेप्से परिसूचक घटेको छ। नेप्से ११.०६ अंकले घटेर २६२९.८९ विन्दुमा बन्द भएको छ।

यसदिन नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। बिहीबार सात अर्ब ९७ करोड रूपैयाँको सेयर कारोबार भएकोमा आइतबार नौ अर्ब १३ करोड रूपैयाँको कारोबार भएको छ।अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब १६ करोड रूपैयाँ वृद्धि भएको हो। आज ३१३ वटा धितोपत्रको एक करोड ९९ लाख ९२ हजार १८१ कित्ता सेयर किनबेच भएको हो।

advertisement

आइतबार ८६ कम्पनीको सेयर मूल्य बढेको छ भने १६२ वटाको घटेको छ। यसदिन रिभर फल्स पावर र पियोर इनर्जीको मूल्य सर्वाधिक ९.९९ प्रतिशतका दरले बढेको छ।

प्रकाशित मिति: २५ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com