काठमाडौँ ।  भारतको हैदराबादमा आफ्नी लिभ-इन पार्टनरको हत्या गरेको आरोपमा एक नेपाली नागरिक पक्राउ परेका छन्। प्रहरीले ३० वर्षीय विजय टोप्पा उर्फ विल्सनलाई प्रेमिकाको शव ट्राभल ब्यागमा हालेर सुनसान स्थानमा फालेको आरोपमा नियन्त्रणमा लिएको हो।

घटना जुन ४ मा सार्वजनिक भएको हो, जब ३३ वर्षीया नेपाली महिला तारा बोहराको शव हैदराबादको बाचुपल्लीस्थित आवासीय क्षेत्र नजिकै फालिएको अवस्थामा फेला परेको थियो। प्रहरी अनुसन्धानपछि आरोपी विजयलाई तत्कालै पक्राउ गरिएको थियो।

advertisement

विजय एक स्थानीय रेस्टुरेन्टमा शेफको रूपमा कार्यरत थिए। उनी र तारा लिभ–इन सम्बन्धमा थिए। दुवैको चिनजान फेसबुकमार्फत भएको र तारा पहिले नै विवाहित तथा दुई छोराछोरीकी आमा भएको खुलेको छ।

तारा अप्रिल १५ मा हैदराबाद आएकी थिइन् र विजयसँग बोवराम्पेटस्थित डेरामा बस्न थालेकी थिइन्। मे २३ मा उनीहरूबीच गर्भावस्थाका कारण विवाद भएको र सोही दिन विजयले तारा बोहराको घाँटी नायलनको डोरोले कसी हत्या गरेको प्रहरीले जनाएको छ।

हत्या पश्चात शवलाई ट्राभल ब्यागमा राखी सुनसान स्थानमा फालिएको थियो। शव फेला परेपछि एक स्थानीय चौकीदारले प्रहरीलाई जानकारी गराएका थिए।

साइबराबाद प्रहरीका वरिष्ठ अधिकारीहरू के. सुरेश कुमार, सत्यनारायण र रवि किरण रेड्डीको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको थियो।

विजयलाई पक्रन प्रहरीले पाँच विशेष टोली गठन गरेको थियो। सिसिटिभी फुटेज र अन्य प्राविधिक प्रमाणको आधारमा उनलाई मेढचल जिल्लामा फेला पारिएको र पक्राउ गरिएको हो। प्रारम्भिक बयानमा उनले अपराध स्वीकार गरिसकेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २५ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com