काठमाडौँ  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेभित्र फाटो ल्याउन केहीले भ्रम फिँजाउन खोजिएको आरोप लगाएका छन् । पार्टी निकट अनेरास्ववियुको २४ औँ राष्ट्रिय सम्मेलनको आइतबार काठमाडौँमा सम्बोधन गर्दै ओलीले त्यस्ता भ्रमको पछि नलाग्न आग्रह गरेका छन् ।

‘एमालेमा फाटो ल्याउन अहिले भ्रम फिँजाउने तत्त्वहरू सक्रिय छन् । एमालेभित्रै भ्रम फिजाउनेहरु छन् । हामी अँध्यराको पक्ष लाग्ने होइन’, ओलीले भने, ‘एमालेमा अनेकौँ खालको फाटो ल्याउन एकता हुँदै हुँदैन भन्ने अनेकन् भ्रम फिँजाउन खोज्दैछन् । अनेरास्ववियुमा सर्वसहमति सबैभन्दा राम्रो कुरा हो । केही साथीले त्याग गर्नुभयो भने सहमति हुन्छ ।’

advertisement

एमालेले ठुलो सङ्घर्ष गरेर लोकतन्त्र ल्याएको दाबी गर्दै ओलीले अहिले लोकतन्त्रको नाममा फेसबुके फाटोको ल्याउन खोज्नुको कुनै अर्थ नभएको बताए ।

प्रकाशित मिति: २५ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com