काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को गतिरोध अन्त्यका लागि राजनीतिक दलहरूबीच सकारात्मक संवाद भएको बताएका छन्।
आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सबै प्रमुख दलहरूसँग भइरहेको छलफल सकारात्मक दिशामा अघि बढिरहेको जानकारी दिए।
“गतिरोध समाधानका लागि माओवादी केन्द्र मात्रै लचिलो भएर पुग्दैन, सरकार पनि केही हदसम्म लचिलो हुन जरुरी छ,” उनले भने, “भाषा र प्रस्तुतीमा सहमति जुट्ने हो भने संसद् छिट्टै सञ्चालनमा आउनेछ।”
भिजिट भिसा प्रकरणको छानबिनका लागि आयोग गठन गर्ने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच मतभेद जारी रहँदा प्रतिनिधिसभा बैठक लामो समयदेखि अवरुद्ध हुँदै आएको छ।
अध्यक्ष प्रचण्डको भनाइले दलहरूबीच सहमति खोजीको प्रयास जारी रहेको संकेत दिएको छ।
प्रकाशित मिति: २५ जेष्ठ २०८२, आइतबार













प्रतिक्रिया