काठमाडौं । विपक्षी दलहरूको अवरोधका कारण आजको प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ। अब प्रतिनिधिसभाको अर्को बैठक भोलि दिउँसो २ बजेका लागि निर्धारण गरिएको छ।
सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गरेलगत्तै विपक्षी सांसदहरू आक्रोशित हुँदै उभिएर सदन अवरुद्ध गरे।
सभामुख घिमिरेले बारम्बार आग्रह गरे पनि विपक्षीहरूले अवरोध हटाउन मानेनन्, जसका कारण बैठक अघि नबढी स्थगन गर्नुपर्यो।
विपक्षी दलहरूको निरन्तरको असहयोग र अवरोधका कारण संसदको कामकाज अघि बढ्न नसकेको अवस्था पुनः दोहोरिएको छ।
प्रकाशित मिति: २५ जेष्ठ २०८२, आइतबार












प्रतिक्रिया