काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदको अवरोध अन्त्य गर्ने दिशामा दलहरू समझदारीको नजिक पुगेको बताएका छन्।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै बर्तौलाले भिजिट भिसा प्रकरणमा प्रतिपक्षले उठाएका विषयमा निरन्तर संवाद जारी रहेको र दलहरू समाधानकाे बिन्दुमा पुग्न लागेको जानकारी दिए।

advertisement

उनका अनुसार सोमबारको संसद बैठक अघि पनि दलहरूबीच निरन्तर छलफल हुने तय भएको छ। “दिउँसो २ बजेकाे बैठक सहज रूपमा सञ्चालन होस् भनेर आइतबार भएको छलफल सकारात्मक दिशामा अगाडि बढेको छ,” बर्तौलाले भने।

सरकार भ्रष्टाचार नियन्त्रणप्रति गम्भीर रहेको र राज्यका निकायहरूमा हुने अनियमितता रोक्न प्रतिवद्धता जनाउने कुरामा समेत छलफल केन्द्रित भएको उनले बताए।

यद्यपि दलहरूबीच समझदारीको कुनै औपचारिक मस्यौदा भने हालसम्म तयार नभएको उनले स्पष्ट पारे।

प्रकाशित मिति: २५ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com