काठमाडौं । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाईसीएल)ले ७४ जनाकाे जम्बो पदाधिकारी टीम बनायो।

पार्टीको निर्देशन अनुसार सर्वसम्मत नेतृत्व चयन गर्न सबैलाई भाग पुर्‍याउनको लागि वाईसीएल पारित गरेका विधानको सीमा नाघेर पदाधिकारीको संख्या ठूलो बनायो। लामो रस्साकस्सीपछि पुष्प ओलीको नाममा सहमति जुटाएको थियो।

advertisement

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि सबैलाई मिलाएर जाँदा सोचेभन्दा पदाधिकारीको संख्या धेरै हुन गएको स्वीकारेका छन्।

तर, वाईसीएलले पदाधिकारीको संख्या ठूलो बनाउँदा नेकपा एमालेका महासचिव शंकर पोखरेलले भने चिन्ता व्यक्त गरेका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘वाईसीएलले ७५ जना पदाधिकारी नै बनाएछ। सङ्गठनात्मक अराजकताले सामाजिक अराजकता फैलिएकोप्रति ध्यान दिन नसक्नु दुःखद पक्ष हो।’

प्रकाशित मिति: २६ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com