काठमाडौं । भारतमा सक्रिय कोभिड–१९ का संक्रमितको संख्या ६ हजार नाघेको छ । भारतमा हाल ६ हजार १३३ सक्रिय केस रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पछिल्लो २४ घण्टामा ३७८ नयाँ संक्रमित थपिएका छन् ।

केरलामा १४४, गुजरातमा १०५ र पश्चिम बंगालमा ७१ नयाँ केस रेकर्ड गरिएको छ ।

advertisement

पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । जसमा कर्नाटकबाट दुई, केरलाबाट तीन र तमिलनाडुबाट एक जनाको मृत्यु भएको हो ।

अन्य स्वास्थ्य समस्या पनि भएका ४६ र ७८ वर्षका कर्नाटकका दुई उपचाररत पुरुषको निधन भएको हो । दुवैमा कोभिड–१९ संक्रमण पुष्टि भएको थियो । अन्य रोग भएका केरलाका ५१, ६४ र ९२ वर्षका तीन पुरुषको उपचारका क्रममा निधन भएको हो । तमिलनाडुमा मधुमेह र गम्भीर मृगौला रोग भएका एक ४२ वर्षीय पुरुषको उपचारका क्रममा निधन भएको हो ।

१ जनवरी २०२५ देखि अहिलेसम्म भारतमा कोभिड–१९ बाट कुल ६५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ७५३ जना कोभिड–१९ बाट निको भएका छन् ।

प्रकाशित मिति: २६ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com