काठमाडौं ।  प्रतिनिधि सभाको अबरोध खुलाउन माओवादी सहमत भएको छ।

नेपाली कांग्रेसका नेताहरूसँगको औपचारिक र अनौपचारिक वार्तामा माओवादी सहमत भएको हो। गृहमन्त्री रमेश लेखकको राजीनामाबाट पनि माओवादी ब्याक सरेको छ ।

advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन सकिएपछि भिजिट भिसा प्रकरणमा अर्को समिति बनाउने आश्वासन कांग्रेसले दिएपछि माओवादीले सदन खुलाउन राजी भएको निकटस्थ स्रोतहरुको दाबी रहेको छ।

तर रास्वपा भने गृहमन्त्री रमेश लेखकको राजीनामासहित संसदीय समितिको गठन अहिले हुनुपर्ने पक्षमा रहेको छ। उसले पनि समिति गठन भएको खण्डमा गृहमन्त्रीको राजीनामाबाट ब्याक हुने छाँट देखाएको बताइन्छ।

प्रकाशित मिति: २६ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com