काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) की सांसद मदनकुमारी शाह (गरिमा) ले बाजुराको बाम्का बजारमा भएको आगलागी पीडितलाई पुनर्स्थापना गर्न सरकारसँग माग गरेकी छन् ।

सोमबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसद शाहले बाम्का बजार आगलागीमा १३ पसल र २ वटा होटल पूर्णरुपमा नष्ट भएको जानकारी दिँदै पीडित व्यापारीलाई राहत र क्षतिपूर्तिसहित शीघ्र पुनर्स्थापनाको माग गरेकी छन ।

advertisement

सांसद शाहले सरकारले बाजुरालाई एउटा दमकलसमेत दिन नसक्दा ठुलो क्षति भएको भन्दै घटनाको सम्पूर्ण जिम्मा सरकारले लिनुपर्ने समेत बताइन् ।

उनले अब्राहम लिङ्कनको भनाइलाई उद्धृत गर्दै हजार जना मूर्ख भएपनि देशलाई खासै असर नपर्ने तर एक नेता मूर्ख भए देश डुब्ने र जनताले दुःख पाउने बताइन् ।

प्रकाशित मिति: २६ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com