काठमाडौं ।  भारतको मुम्बईमा रेलबाट खस्दा पाँच जनाको ज्यान गएको छ। सेन्ट्रल रेलवेका अनुसार दुर्घटना सोमबार दिउँसो कोपर रेलवे स्टेशन र मुंब्रा स्टेशनको बीचमा भएको हो।

छत्रपति शिवाजी महाराज टर्मिनलतर्फ गइरहेको लोकल ट्रेनमा अत्यधिक भीडका कारण केही यात्रु रेलको ढोकाबाट तल खसेका थिए। अत्यधिक भीडकै कारण यात्रुहरू ढोकामा झुन्डिएर यात्रा गरिरहेका थिए, जसले दुर्घटनाको रूप लिएको हो।

advertisement

दुर्घटनाको जानकारी पाएपछि रेलवे प्रशासन र प्रहरी तुरुन्तै घटनास्थलमा पुगेका थिए। घाइतेहरूलाई तत्काल नजिकको अस्पतालमा भर्ना गरिएको जनाइएको छ। हाल घटनाको अनुसन्धान भइरहेको छ।

प्रारम्भिक अनुसन्धान अनुसार सबै मृतकको उमेर ३० देखि ३५ वर्षको आसपास रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। दुर्घटनाका केही भिडिओहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्, जसमा यात्रुहरूलाई ट्रेनबाट खसिरहेको देख्न सकिन्छ।

घटनापछि रेलवे बोर्डले यस्तो दुर्घटना दोहोरिन नदिन रेलमा स्वचालित ढोका प्रणाली (अटोमेटिक डोर सिस्टम) जडान गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति: २६ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com