काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ आदेशअनुसार, अब १२ देशका नागरिकहरूले अमेरिकामा प्रवेश गर्न नपाउने भएका छन्। राष्ट्रपति ट्रम्पले गत साता हस्ताक्षर गरेको यो ट्राभल प्रतिबन्ध सम्बन्धी आदेश सोमबारदेखि औपचारिक रूपमा कार्यान्वयनमा आएको हो।

नयाँ आदेश अनुसार अफगानिस्तान, म्यानमार, चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गिनी, इरिट्रिया, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकहरूलाई अमेरिकामा प्रवेश गर्न पूर्ण रूपमा निषेध गरिएको छ।

advertisement

यसका अतिरिक्त, सात देशका नागरिकहरूको अमेरिका प्रवेशमा आंशिक प्रतिबन्ध लगाइएको छ। ती देशहरूमा बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला रहेका छन्।

ट्रम्प प्रशासनले यो कदम राष्ट्रिय सुरक्षालाई सुदृढ पार्नका लागि लिएको दाबी गरेको छ, तर यसले अन्तर्राष्ट्रिय स्तरमा आलोचना पनि खेपिरहेको छ।

अबदेखि यी देशका नागरिकहरूले विशेष अनुमति बिना अमेरिका यात्रा गर्न पाउने छैनन्।

प्रकाशित मिति: २६ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com