काठमाडौँ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले गाउँहरू प्रायः रित्तिसकेको बताएका छन्।

सोमबार सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले ग्रामीण क्षेत्रमा बसोबास गर्न चाहने मानिसको संख्या घट्दै गएको उल्लेख गरेका छन ।

advertisement

“गाउँमा कोही बस्न तयार छैनन्, सबै तराईमा झरेका छन्,” देउवाले भने, “पहाडमा सुविधा दिन सकिएमा त्यहाँको हावापानी, वातावरण सबै राम्रो छ। पहाड स्वच्छ र सुन्दर हुन्छ, तर पूर्वाधारको अभावले मान्छेहरू बस्न चाहँदैनन्।”

उनले पहाड र तराई दुवै क्षेत्रको सन्तुलित विकास आवश्यक रहेको बताए। साथै, नेपालको विकास योजनाले देशको सम्पूर्ण भूगोललाई समेट्नुपर्नेमा उनले जोड दिए।

जलवायु परिवर्तनबारे बोल्दै देउवाले नेपालको हिमाली क्षेत्रमा यसको गम्भीर असर परिरहेको उल्लेख गरे। “हिउँ पग्लिँदैछ, हिमाल नाङ्गो हुँदै गइरहेको छ,” उनले भने, “यसले भविष्यमा नेपालमा ठूलो संकट निम्त्याउँछ।”

उनका अनुसार नेपाल जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित मुलुकमध्ये पर्छ। “जंगल जोगाउँदै पनि जलवायु परिवर्तनको असर रोक्न सकिएको छैन,” उनले दुखेसो गरे ।

देउवाले स्व. बिपी कोइरालाले गाउँको विकासलाई प्राथमिकता दिनुपर्ने बताएका सन्दर्भ पनि स्मरण गरे। तर, अहिलेको अवस्थामा गाउँहरू नै रित्तिसकेको भन्दै चिन्ता व्यक्त गरे ।

अन्त्यमा, उनले अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको जलवायु परिवर्तनप्रतिको अडानको आलोचना गरे। ट्रम्पले पेरिस सम्झौताको विरोध गर्दै जलवायु परिवर्तनलाई अस्वीकार गरेकोप्रति उनले आपत्ति जनाए।

प्रकाशित मिति: २६ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com