काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले संसद बैठक दुई दिनपछि सारिनुको कारण प्रतिपक्षी दलकै आग्रह भएको स्पष्ट पारेका छन्।

सोमबार संसद भवन, नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै बर्तौलाले प्रतिपक्षीले सहमतिको प्रयास गर्न मंगलबारसम्म समय मागेपछि बैठक सारिएको जानकारी दिए। उनका अनुसार सत्तापक्ष वार्तामा अधिक लचक भएर अघि बढेको छ।

advertisement

बर्तौलाले प्रतिपक्षी दलले भिजिट भिसासम्बन्धी मुद्दालाई लिएर सदन अवरुद्ध गरेको भन्दै अब अवरोध हटाउने जिम्मेवारी पनि उनीहरूकै भएको बताए। उनले सहमतिका लागि कुनै औपचारिक लिखित प्रस्तावमा छलफल भने नभएको प्रस्ट पारे।

संवैधानिक आयोगमार्फत भिजिट भिसा प्रकरणमा अनुसन्धान भैरहेको उल्लेख गर्दै बर्तौलाले उक्त निष्कर्ष नआउँदै नयाँ समिति वा आयोग गठन गरेर छानबिन अघि बढाउनु उचित नहुने धारणा व्यक्त गरे।

प्रकाशित मिति: २६ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com