काठमाडौं । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसा प्रकरणमा आफूहरुले राखेका मागका विषयमा सत्तापक्ष गम्भीर नभएको बताएका छन् ।
सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै परियारले सदनको गतिरोध खुलाउने बिषयमा पटक पटक छलफल भएपनि सत्तापक्ष गम्भिर नभएको बताए । आपूmहरुले उठाएका मागका बारेमा कांग्रेसका नेताहरु असहमत भएपछि सहमतिको वातावरण बन्न नसकेको उनले बताए ।
परियारले भिजिट भिसा प्रकरण सानो घटना नभएकाले छानबिन समिति बनाउनका लागि प्रस्ताव गरेपनि सत्तापक्षले गृहमन्त्रीको राजीनामा पनि नआउने र समिति पनि नबन्ने भनेपछि संवादमा बस्नुको कुनै औचित्य नभएको जिकिर गरे ।
परियारले सत्तापक्षले प्रतिपक्षीको माग सम्बोधन गरे सबै समस्या समाधान हुने स्पष्ट पारे ।
प्रकाशित मिति: २६ जेष्ठ २०८२, सोमबार













प्रतिक्रिया