काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसा प्रकरणमा आफूहरूले उठाएका मागप्रति सत्तापक्ष गम्भीर नभएको आरोप लगाएका छन्।

सोमबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै परियारले संसदको गतिरोध अन्त्य गर्ने विषयमा पटक–पटक छलफल भए पनि सत्तापक्षको उदासीनताले सहमतिको वातावरण बन्न नसकेको बताए।

advertisement

उनका अनुसार भिजिट भिसा प्रकरण कुनै सानो वा सामान्य विषय होइन, त्यसैले छानबिन समिति गठनको प्रस्ताव गरिएको थियो। तर सत्तापक्षले न गृहमन्त्रीको राजीनामा दिन तयार देखिएको छ, न त छानबिन समिति बनाउन इच्छुक देखिएको छ। यस्तो अवस्थामा संवादको औचित्य नरहने उनको तर्क छ।

परियारले सत्तापक्षले विपक्षी दलका मागहरूलाई गम्भीरतापूर्वक सम्बोधन गरे मात्र समस्या समाधानतर्फ उन्मुख हुने स्पष्ट पारे। कांग्रेसका केही नेताहरूले पनि विपक्षीका मागप्रति असहमति जनाएकाले सहमतिको प्रयास निष्फल भएको उनले उल्लेख गरे।

प्रकाशित मिति: २६ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com