काठमाडौं । चितुवाको आक्रमणबाट तनहुुँमा एक बालकको मृत्यु भएको छ ।

बन्दीपुर गाउँपालिका–२ कुवादीका दलबहादुर गुरुङको पाँच वर्षीय छोरा उत्सव गुरुङलाई सोमबार साँझ ७ः३० बजे आक्रमण गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।

advertisement

थापाका अनुसार चितुवाको आक्रमणबाट घाइते बालक बन्दीपर अस्पताल बन्दीपुरमा उपचारको क्रममा सोमबार साँझै ८ः२० बजे मृत्यु भएको हो ।

बन्दीपुर गाउँपालिका–२ का वडाध्यक्ष तिलबहादुर कुँवरले घरको पिढीमा आमासँगै बसिरहेको बेला चितुवाले आक्रमण गर्दा बालकको मृत्यु भएको जानकारी बताए । चितुवाले आक्रमण गरेपछि परिवार छुट्टाउन जाने क्रममा चितुवा भागेको वडाध्यक्ष कुँवरको भनाइ छ ।

प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com