काठमाडौं । तीनकुनेमा भएको अवाञ्छित गतिविधिसँग सम्बन्धित मुद्दामा थुनामा रहेका दुर्गा प्रसाईँका पक्षमा भइरहेको कानुनी बहस अन्तिम चरणमा पुगेको छ।

मंगलबार वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले प्रसाईँको तर्फबाट अन्तिम बहस प्रस्तुत गरिरहेका छन्। यसअघि उनको पक्षबाट वरिष्ठ अधिवक्ताहरू डा. सुरेन्द्र भण्डारी, टङ्क दुलाल, डा. भीमार्जुन आचार्य, बालकृष्ण न्यौपाने, सुशील पन्त, लव कुमार मैनाली तथा अधिवक्ता दीपेन्द्र झा, रेनुका देवी सिटौला, दिवस खड्गी, लवान न्यौपाने र मनिष पाण्डेले बहस गरिसकेका छन्।

advertisement

रमन श्रेष्ठको बहस सकिएपछि मंगलबारदेखि अर्को प्रतिवादी सरोज गौतम उर्फ तारा राजावादीका तर्फबाट कानुनी बहस सुरु हुने भएको छ।

प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com